• २०८३ असार १३ गते शनिवार

जबरजस्ती करणी गरेको अभियोगमा झापाबाट पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १३, झापा । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भद्रपुर नगरपालिका-५ बस्ने १९ वर्षीय अभिशेक महतोलाई प्रहरीले पक्राउ गरेको छ । यसैगरी १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भद्रपुर नगरपालिका-५ बस्ने २१ वर्षीय शिवा राईलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले ती बालिकाहरूलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस