• २०८३ जेष्ठ ६ गते बुधवार

ओलीका बुबाको निधनप्रति काँग्रेस सभापति थापाबाट दुख व्यक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २९, काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत थापाले मोहनप्रसाद ओलीको असमयिक निधनको खबरले आफू मर्माहत भएको बताएका छन् । उनले दिवंगत आत्माको मोक्ष प्राप्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । थापाले यस कठिन घडीमा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना पनि व्यक्त गरेका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस