• २०८३ असार १९ गते शुक्रवार

सासुको हत्या आरोपमा बुहारी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ५, दाङ । दाङमा दुई महिलालाई हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ। घोराही उपमहानगरपालिका वडा नम्बर १९ खानी गाउँका ५५ वर्षीया इन्द्रकुमारी घर्तीको हत्या अरोपमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको हो।

हत्या अरोपमा पक्राउ पर्नेमा मृतक घर्तीकै बुहारी २३ वर्षीया बसन्ती घर्ती र २२ वर्षीया दुर्गा घर्ती रहेका छन्। घर नजिकै न्वारन खान गइ घर फर्कर्ने क्रममा उनिहरले सासुलाई टाउकोमा मुंग्रो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

मुंग्रो प्रहारबाट गम्भीर घाइते घर्तीलाई ढिकबाट खसालेर हत्या गरेको उनीहरुले बयान दिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस