• २०८३ असार ५ गते शुक्रवार

थप चार हजार ३६९ कोरोना संक्रमित, पाँच लाख ५७ हजार ७९१ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ १६, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो चौबीस घण्टा कोरोनाभाइरसका चार हजार ३६९ सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ५७ हजार ७९१ पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा १० हजार ९८६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । हाल एक लाख आठ हजार ८९७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । जसमध्ये एक लाख एक हजार ३३४ होम आइसोलेशनमा र सात हजार ५३६ संस्थागत् आइसोलेशनमा छन् । हाल ७६३ जना क्वारेन्टिनमा छन् ।मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार २०५ जना कोरोनामुक्त भएका छन् ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १०९ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म सात हजार २७२ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस