साउन ११, उदयपुर । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका(४ सिम्ले बस्ने ३० वर्षीय दिनेश दनुवारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । छिमेकीको घरबाट आफ्नो घरतर्फ आउँदै गरेकी ती बालिकाकाई सोही ठाउँस्थित निर्माणाधिन घरमा लगि दनुवारले शनिबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
कपिलवस्तु, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मायादेबी गाउँपालिका(७ बसन्तपुर बस्ने २१ वर्षीय कली मुल्लाह मुसलमानलाई शनिबार राति पक्राउ गरेको छ । घर नजिकै रहेको कुखुरा फर्ममा ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी तुलसिपुर बलुहवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।