• २०८३ कार्तिक ७ गते शुक्रवार

सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २, काठमाडौं  ।  सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ । बुधबारको तुलनामा बिहीबार तोला ८०० रुपैयाँले बढेर ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबार प्रतितोला ९६ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० कायम गरिएको छ । त्यस्तै चाँदीको मुल्य भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस