• २०८३ जेष्ठ २९ गते शुक्रवार

चुनाव रोक्न माग गर्दै परेको रिट दर्ता गर्न सर्वोच्वको आदेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ४, काठमाडौं । आगामी वैशाख ३० गते गर्न लागिएको निर्वाचन रोक्न माग गर्दै परेको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । यस अघि सर्वोच्चले यही रिट दर्ता नहुने भन्दै दरपिठ गर्ने निर्णय गरेको थियो ।

गत बुधवार सर्वोच्चका रजिस्ट्रार नारायणप्रसाद पन्थीले स्थानीय तह निर्वाचनसम्बन्धी ऐनको व्यवस्था देखाउँदै उक्त रिट दरपिठ गरिदिएका थिए ।

वैशाख ३० मा स्थानीय निर्वाचन गर्दा आफ्नो ५ वर्षे कार्यकाल पूरा नहुने भन्दै महोत्तरीको भंगाहा नगरपालिका प्रमुख सञ्जीवकुमार साहले दिएको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको हो ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले दरपीठको निर्णय बदर गरी रिट दर्ता गर्न बुधवार आदेश दिएको हो । यससँगै स्थानीय चुनावसम्बन्धी विषय अदालतमा पुगेको छ ।

Image

Sharing

प्रतिक्रिया दिनुहोस