• २०८३ बैशाख ३१ गते बिहिवार

महाबुमा जिप दुर्घटना : एकको मृत्यु, छ घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ३, दैलेख । दैलेखको महाबु गाउँपालिका–४ फागुमा बोलेरो जिप दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् । सदरमुकाम नारायण नगरपालिकादेखि महाबु गाउँपालिकाको कासिकाँध जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२६४ नम्बरको बोलेरो आज साँझ दुर्घटना भएको दैलेख प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले दुर्घटनामा मृत्यु हुनेमा महाबु गाउँपालिका–५ का ४० वर्षीय रामबहादुर हमाल रहेको बताउनुभयो । घाइते अन्य छ जनाको उपचारका लागि अस्पताल पठाइएको भए पनि उनीहरुको परिचय भइनसकेको उहाँले बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस