• २०८३ बैशाख ३ गते बिहिवार

जाजरकोटका बलरामसँग रेखा थापाको कोर्ट म्यारिज

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २, काठमाडौं । अभिनेत्री रेखा थापाले जाजरकोटका बलराम शाही ठकुरीसँग विवाह गरेकी छिन् । एक वर्षदेखि एकापसमा चिनजान गरेका यो जोडीले दुई साता अघि ‘कोर्ट म्यारिज’ गरेका हुन् । रेखाका अनुसार उनीहरुले दुवै परिवारको सहमतिमा कोर्ट म्यारिज गरेका हुन् ।

रेखा ३८ वर्षकी भइन् भने बलराम ४० पुगिसकेका छन् । इजरायलमा बस्दै आएका बलराम पर्यटन व्यवसायी हुन् । अभिनेत्री रेखाको यो दोस्रो विवाह हो । यसअघि उनले निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन् । १० वर्ष अघि छविसँग सम्बन्धविच्छेद गरेपछि उनी आमाका साथ मित्रपार्कमा बस्दै आएका थिइन् । फिल्म ‘हिरो’बाट नेपाली रजतपटमा पाइला चालेकी रेखा पछिल्लो समय राजनीतिमा सक्रिय छिन् ।

Sharing

प्रतिक्रिया दिनुहोस