पौष २९, भक्तपुर । भक्तपुरको लोकन्थलीमा ट्याटु खोप्न लाइनमा बसेका एक युवकको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार मध्यपुर थिमि नगरपालिका लोकन्थली घर भई हाल कोटेश्वर बस्दै आएका ३३ वर्षीय विराज खड्काको मृत्यु भएको हो ।
ट्याटु खोप्ने पालो पर्खिरहेका बेला उनी एक्कासी लडेर अचेत भएका थिए । उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।