• २०८१ जेष्ठ ५ गते शनिवार

आजको मौसम

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २९, काठमाडौं । हाल देशमा पश्चिमी वायू तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहेको छ । देशका अधिकांश भू-भागमा सामान्य बदली रहेको छ । प्रदेश १ का एकरदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज देशभर आंशिकदेखि सामान्य बदली रहने छ। शुक्रबार प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहने छ । देशका केही भागमा आज पनि हिमपात र वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका उच्च पहाडी र हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । काठमाडौं उपत्यकामा आज बिहान ६ बजेको तापक्रम ६ डिग्री सेल्सियस रहेको छ ।

केही दिनमा पुनः पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुने र चिसो बढ्ने क्रममा रहेकाले सतर्क हुन महाशाखाले महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस