वैशाख २९, काठमाडौँ । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ८ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९७ हजार ३ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।