• २०८३ असार ३ गते बुधवार

वृद्धलाई खुकुरी प्रहार गरी फरार रहेका चार जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २८, भोजपुर । वृद्ध पुरुषलाई खुकुरी प्रहार गरेर फरार रहेका चार जनालाई भोजपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामप्रसादराई गाउँपालिका–२ बाखोराका ४२ वर्षीय राजेन्द्र भुजेल, धोदलेखानीका ३२ वर्षीय देउराज राई, रामप्रसादराई–४ का २४ वर्षीय पूर्णकुमार राई र २२ वर्षीय सरोज कटुवाल रहेका छन् ।

उनीहरुले रामप्रसादराई–४ का ७८ वर्षीय तेजबहादुर भुजेललाई गत जेठ २५ गते राति खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएका थिए । भोजपुर प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक नितेशकुमार सिंहका अनुसार आफ्नै घरमा बसिरहेका बेला वृद्धमाथि खुकुरी प्रहार भएको थियो । घटनामा संलग्नलाई पक्राउ गरेर कानुनी कारबाही अघि बढाउन अनुसन्धान थालिएको प्रनि सिंहको भनाइ छ ।

पक्राउ परेकाविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा चलाउन प्रहरीले अदालतबाट म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको भने उपचार जारी छ ।

Sharing

प्रतिक्रिया दिनुहोस