• २०८३ असार ७ गते आइतवार

प्रचण्ड आज सुर्खेत जाँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २७, सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार सुर्खेत जाने भएका छन् । माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीको आयोजनामा हुन लागेको विशेष प्रशिक्षण कार्यक्रममा सहभागी हुन प्रचण्ड सुर्खेत जान लागेका हुन् ।

प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रचण्डसहित प्रदेश इन्चार्ज शक्ति बस्नेत पनि सहभागी हुने माओवादी केन्द्र प्रदेश कमिटीकी अध्यक्ष विमला केसीलाई जानकारी दिइन्।वीरेन्द्रनगरको सिटीहलमा हुने कार्यक्रममा कर्णालीका ७९ वटै पालिका, जिल्लाका पदाधिकारी र प्रदेश कमिटीका पदाधिकारीहरु प्रशिक्षणमा सहभागी हुनेछन्।

प्रशिक्षणमा प्रदेश सल्लाहकार, प्रदेश जेष्ठ कम्युनिष्ट मञ्च, जनवर्गीय संगठनका केन्द्रीय सदस्यहरु पनि सहभागी हुने बताइएको छ । प्रचण्ड शुक्रबार नै प्रशिक्षण सकेर प्रचण्ड काठमाडौं फर्किने कार्यतालिका रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस