• २०८३ जेष्ठ २० गते बुधवार

चितवनमा बसको ठक्करबाट एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २७, चितवन। चितवनको ईच्छाकामना गाउँपालिका–३ मौवाखोला नजिकै आज बिहान बसको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको झुम्काका अन्दाजी २३ वर्षीय जनक दाहाल रहेका छन् ।

काठमाण्डौबाट भारतको सिलगढीतर्फ जाँदै गरेको बा ५ ख ७८४३ नम्बरको बसले सोही बसका परिचालक दाहाललाई आज बिहान ४ बजे ठक्कर दिएको थियो । बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस