• २०८३ बैशाख २६ गते शनिवार

कमल थापा पुनः पार्टीमा फर्किने जबराको विश्वास

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २७, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष पशुपति शम्शेर जबराले अर्का निवर्तमान अध्यक्ष कमल थापा पुनः पार्टीमा फर्कनुहुने विश्वास व्यक्त गर्नुभएको छ।

निवर्तमान अध्यक्ष थापाको निर्णयपछि पत्रकारसँग प्रतिक्रिया दिँदै जबराले यस्तो बताउनुभएको हो। थापाले माघ २५ गते राप्रपा परित्याग गर्नुभएको हो। ‘उहाँका धेरै कुरा सार्वजनिक भइसकेका थिए’, उहाँले भन्नुभयो, ‘धैर्य गरेर छलफल गरौं भनेर अनुरोध गरेको थिएँ। त्यो अनुरोध स्वीकार हुन्छ भन्ने आशा गरेको थिएँ।’पार्टी एकताका लागि प्रयास भइराखेको अवस्थामा थापाले अपर्झट निर्णय लिनुभएको उहाँको भनाइ छ।

Sharing

प्रतिक्रिया दिनुहोस