• २०८२ असार ५ गते बिहिवार

आजको मौसम : सामान्यतया बदली रही वर्षा

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र १, काठमाडौं । आज आइतबार दिउँसो देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही देशका पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा र पुर्वी र मध्य क्षेत्रका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पश्चिमी तथा पुर्वी भू-भागको एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ यस्तै आज राती देशका अधिकांस स्थानहरुमा सामान्यतया बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पहाडी भूभागको एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको केही स्थानहरुमा मेघगर्जन रचट्याङ्ग सहितको वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन र चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ। देशको पहाडी भू९भागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ जसले गर्दा सडक यातायातमा पहिरो र भू-क्षयका कारण अवरोध आउन सक्ने भएकोले पहाडी भू-भागमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ।

मौसम विश्लेषण
मनसुनको न्यून चापिय रेखा औसत स्थानको आसपासमा रहेको छ साथै भारतको उत्तर-पूर्वी राजस्थान तथा हरियानातिर निम्न चापिय प्रणाली अवस्थित छ  ।

देशभर समग्र मौसमको अवस्था
हाल देशका अधिकांश स्थानहरूमा सामान्य बदली रही पुर्व र पश्चिमका एक दुइ स्थानमा हल्का देखी मध्यम खालको वर्षा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस