वैशाख १४, काठमाडौं । सरकारले सशस्त्र प्रहरी बल, नेपालको १३औं महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी पौडेललाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।

हाल मानव स्रोत विभाग, हल्चोकका प्रमुख रहेका पौडेलले वैशाख १८ पछि संगठनको नेतृत्व सम्हाल्ने छन् । वर्तमान आईजीपी राजु अर्याल चार वर्षे कार्यकाल पूरा गरी सोही दिन अवकाश हुँदैछन् ।
पौडेल आईजीपीको प्रमुख दाबेदार थिए । उनी २०५४ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् र विभिन्न पद हुँदै एआईजीसम्म पुगेका थिए । उनको कार्यकाल १८ चैत २०८४ सम्म रहनेछ ।