फागुन १८, ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका र आठराइ त्रिबेणी गाउँपालिकाको संगम क्षेत्र दोभान बजारमा एकाबिहानै लागेको छ । बजार क्षेत्रमा लागेको आगलागी नियन्त्रण बाहिर रहेको छ।

दोभान बजार ताप्लेजुङ सदरमुकाम फुङ्लिङ पछिको दोस्रो ठूलो र व्यस्त बजार भएके साथै सबै घर जोडिएर बनेका र काठ र टिनबाट निर्मित घर भएकोले आगो झन् दन्किरहेको सुरक्षा निकायले जनाएकोे छ । सुरक्षाकर्मी, स्थानीय जनसमुदाय र सदरमुकाम फुङलिङ बजारवाट गएको दमकलको सहायतामा आगो निभाउने प्रयास भैरहेको छ ।