जेठ २५, माेरङ । प्रदेश १ सरकारले आज प्रदेशसभामा आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम पेश गर्दै छ । दिउँसाे २ बजे बाेलाइएकाे प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने पूर्वनिर्धारित कार्यसूची रहेकाे छ ।

कृषि, पर्यटन, पूर्वाधार, उद्याेगलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन लागिएकाे उनले बताए ।