• २०८३ जेष्ठ २६ गते मङ्गलवार

आजकाे माैसम

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २४, काठमाडौं।  हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । बिहान पहाडी भूभागमा आंशिक बदली छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने आँकलन माैसम पूर्वानुमान महाशाखाले गरेकाे छ । प्रदेश १ को पहाडी भूभागका केही स्थान तथा बागमती र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना पनि छ ।

शुक्रबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना छ।

Sharing

प्रतिक्रिया दिनुहोस