माफ गरिदेउ है, बाबा आमा !
म तिमीले चाहे जस्तो बन्न सकिन
तिमीले देखाएको बाटो हिँड्न सकिन्
तिम्रो गर्भ को लायक छु पनि भन्न सकिन् आमा,
म तिम्रो उदाहरणीय छोरी बन्न सकिन्
तर थाहा पायौं बाबा आमा
म तिम्रो नालायकको छोरी,पक्कै बनें
तिम्रो इज्जतलाई लिलाम पक्कै गरे
दुनियाँले कुरा काट्ने गसिप पनि पक्कै बनें,
तर तिम्रो लायकको छोरी बन्न सकिन्
सिर उठाए बाबा म तिम्री छोरी हुँ भन्न सकिन्
हो मैले जनी नजानी अनेक गल्ती हरु गरे जो
तिम्रो माफीको लायक कहिले हुन सकेन
बाबा आमा कैले पनि म असल छोरी बन्न सकिन्
तिम्रो मन दुख्यो ,
समाजमा मेरै कारण तिम्रो सिर झुक्यो
हो बाबा मैले तिम्रो रिस झुकाई दिए,
आमाको दूधको भारा तिर्न नसकेर
बाबाको मेहनत लाई चिन्न नसकेर
हो मैले भूल गरे,
बाबा आमा मलाई माफ गरिदेउ है
म तिम्रो असल सन्तान भन्न सुहाइन्
हो बाबा,
म तिम्रो प्यारी छोरी बन्न सकिन ।
दाङ