• २०८३ भाद्र १ गते सोमवार

एन्फा अध्यक्षमाथि हातपात गरेको अभियोगमा सांसद मनाङे पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

माघ ९, काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको अभियोगमा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य दीपक मनाङे भनिने राजीव गुरुङ पक्राउ परेका छन् । उनी बिहीबार पोखराको लेकसाइडस्थित होटल प्याराडाइज इनबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

गुरुङले बुधबार मनाङेविरुद्ध जिल्ला अदालत कास्कीमा उजुरी दर्ता गराएका थिए । मंगलबारदेखि पोखरामा सुरु भएको मुख्यमन्त्री कप उद्घाटन कार्यक्रममा सांसद मनाङेले एन्फा अध्यक्ष गुरुङलाई झापड हानेपछि यतिबेला विवाद चुलिएको छ ।

मनाङले पत्रकार सम्मेलन मार्फत मिलन भ्रष्टाचार र गठीमा संलग्न रहेको भन्दै आफूले हातपात गरेको जनाएका थिए । उनले भ्रष्टाचारी लाई फूलमाला लगाउन नहुने र झापड हान्नुपर्ने बताएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस