• २०८१ बैशाख १९ गते बुधवार

धवल पुरस्कार न्यौपाने र श्रेष्ठलाई

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २४, पाल्पा । गत वर्षको धवल पुरस्कार वरिष्ठ साहित्यकार नीलकण्ठ न्यौपाने र धवल सिर्जना पुरस्कार सांस्कृतिक नगर तानसेन कृतिका लेखक निर्मल श्रेष्ठलाई प्रदान गरिने भएको छ । धवल पुस्तकालय सञ्चालक समितिको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

धवल पुरस्कार सिफारिस समितिको निर्णयलाई अनुमोदन गरी धवल पुरस्कार न्यौपाने र धवल सिर्जना पुरस्कार श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरिएको हो । धवल पुस्तकालय, पाल्पाद्वारा स्थापित सो पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ । पूर्वखोला ३, रिङनेरहका साहित्यकार न्यौपाने भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा साधनारत तथा अठार महापुराणका वाचकसमेत हुनुहुन्छ । यस्तै तानसेन ३ का श्रेष्ठ सांस्कृतिक नगर तानसेन द लिभिङ म्युजियम कृतिका लेखक हुनुहुन्छ ।

पुरस्कार आगामी फागुन ७ गते प्रजातन्त्र दिवसका दिन प्रदान गरिने पुस्तकालयका महासचिव राजेशकुमार अर्यालले बताउनुभयो । पुस्तकालयले अब प्रत्येक वर्ष धवल पुरस्कार र धवल सिर्जना पुरस्कार प्रदान गर्नेछ । विसं १९८३ मा स्थापना भएको धवल पुस्तकालय नेपालकै पहिलो सार्वजनिक पुस्तकालय हो ।

प्रतिक्रिया दिनुहोस