• २०८३ बैशाख १५ गते मङ्गलवार

कर्फ्युपछि वीरेन्द्रनगर बजार सुनसान, उल्ङ्घन गर्ने दुई पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १७, सुर्खेत। वीरेन्द्रनगरमा कफ्र्यु जारी गरिए पछि आज सुनसान छ । सोमबार अमेरिकी विकास सहयोग मिलेनियम चयालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनका विरोधमा आव्हान गरेको बन्द अराजक बन्दै गए पछि थप क्षति रोक्न वीरेन्द्रनगरमा हिजो राति ८ः १५ देखि आज साँझ ७ बजेसम्म कफ्यू आदेश जारी गरिएको थियो ।

पूर्वमा धुलियाविट, पश्चिममा बाङ्गेसिमल, उत्तरतर्फ वीरेन्द्रनगर नगरपालिका वडा न ७ र दक्षिणतर्फ लाटीकोइली शिव मन्दिर हुँदै काँक्रेबिहार, देउती बज्यै एंव सुब्बाकुना क्षेत्रसम्म कफ्र्यू जारी गरिएको छ । यि क्षेत्रमा सुनसान रहेको छ भने चोकचोकमा सुरक्षाकर्मीहरु खटिएका छन् । जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी पदमलाल लामिछानेले कफ्र्यू उल्लंघन गर्ने दुई जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रहरीलाई ढुंगा हाने पछि बिहान दुई जनालाई पक्राउ गरिएको छ । हिडिरहेकालाई नहिड्न आग्रह गर्दा उनीहरुले प्रहरीलाई ढुंगा हाने पछि पक्राउ गरिएको हो । सबै ठाउँ सुनसान नै छ ।

Sharing

प्रतिक्रिया दिनुहोस