• २०८३ बैशाख ३० गते बुधवार

जसपाको ठाकुर-महतो पक्षको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १६, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षको कार्यकारिणी समितिको बैठक आज बस्दै छ । आज दिउँसो १ बजे बस्ने बैठकमा निर्वाचन आयोगसँग जोडिएको विवाद तथा समूहभित्रैको असन्तुष्टिका विषयमा छलफल हुने जनाइएको छ ।

जसपाकै वैधानिकताको विवाद निर्वाचन आयोगमा पुगेक बेला जसपाका दुवै पक्ष (ठाकुर-महतो तथा उपेन्द्र यादव) लाई असार २२ मा आयोगले बोलाएको छ । जसका कारण ठाकुर-महतो पक्ष दबाबमा छ । वैधानिकताका सम्बन्धमा आयोगमा विवाद पुगेका बेला आन्तरिक विवाद पनि बढ्न थालेपछि यो पक्ष थप दबाबमा छ ।

Sharing

प्रतिक्रिया दिनुहोस