जेठ १६, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले समयले नयाँ ध्रुवीकरण खोजेको बताएका छन्। उनले सामाजिक सञ्जान ट्विटरमा लेख्दै पछिल्ले राजनीतिक घटनाक्रममा देखिएको विचार, पार्टी र नेतृत्वको अभिव्यक्तिले नयाँ ध्रुवीकरण खोजेको बताएका हुन्।

उनले नयाँ निर्माणका निम्ति पुरानो भत्कनु पर्ने भन्दै मान्छे तानातानमा नलाग्न आग्रह गरे। उनले समयले नयाँ ध्रुवीकरण खोजेको बताउदैं भेडा भेडासँग र बाख्रा बाखासँग हुन दिनुपर्नेसमेत बताए।
‘उनले ट्विटमा लेखेका छन : अहिलेको राजनीतिक संकट पुरानो विचार,पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति हो।नयाॅ निर्माणनिम्ति पुरानो भत्कनैपर्छ।समयले नयाॅ ध्रुवीकरण खोज्दैछ।अत:मान्छे तानातान र किनबेचको तमासा नगरौं!भेडाभेडासंग र बाख्राबाख्रासंग हुन दिऊॅ!हातमिलाएर आआफ्नो बाटो लागौं!हिडिरहे फेरि भेटहुनेछ!
