• २०८१ जेष्ठ ६ गते आइतवार

दक्षिण कोरियामा जन्म दर निरन्तर कम हुँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १४, सोल । दक्षिण कोरियामा जन्म दरमानिरन्तर कमी आएको देखिएको छ । अक्टोबरसम्मको हालै सार्वजनिक तथ्याङ्क अनुसार जन्म दरमा आएको निरन्तरको ह्रासले दक्षिण कोरियाको जनसाङ्ख्यिक सङ्कट निम्तिने चिन्ता कायमै रह्यो ।

कोरियाली तथ्याङ्क कार्यालयका अनुसार अक्टोबर महिनामा नवजात शिशुहरूको सङ्ख्या २० हजार ७३६ थियो र यो एक वर्ष पहिलेको भन्दा ५.२ प्रतिशतले कमी हो । सन् १९८१ मा तथ्याङ्क सङ्कलन गर्न थालिएपछि यो रिपोर्ट अहिलेसम्मकै सबैभन्दा कम हो ।

दक्षिण कोरियामा सन् २०१५ को डिसेम्बरदेखि ७१ महिनादेखि नवजात शिशुको सङ्ख्यामा कमी आएको छ । यहाँ विवाहमा ढिलासुस्ती हुने सामाजिक अभ्यासका कारण बच्चा जन्माउने उमेर पुगेका महिलाहरूको सङ्ख्या कम हुँदै गएको छ ।

बर्षभरी विवाहको सङ्ख्या ७.७ प्रतिशतले घटेको छ भने अक्टोबरमा १५ हजार २०३ जोडीको मात्र विवाह भएको सरकारी तथ्याङ्क छ । यो अक्टोबर महिनामा अझै बढी कम थियो ।

उल्लेखित महिनामा सम्बन्धविच्छेद गर्नेको संख्या १७.६ प्रतिशतले घटेर सात हजार ७०३ पुग्यो । यस वर्षको पहिलो १० महिनामा नवजात शिशुहरूको सङ्ख्या दुई लाख २४ हजार २१६ रहेको थियो, जुन गत वर्षको सोही अवधिको तुलनामा ३.६ प्रतिशतले कमी हो ।

सन् २०२१ को १० महिनाको अवधिमा विवाह गर्नेको सङ्ख्यामा १०.१ प्रतिशतले कम भएर एक लाख ५५ हजार ६६० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस