• २०८१ जेष्ठ ६ गते आइतवार

देशकै उत्कृष्ट बन्यो त्रिशुली अस्पताल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १४, नुवाकोट । जिल्लाको त्रिशुली अस्पताल देशकै उत्कृष्ट बन्न सफल भएको छ। अस्पतालको गुणस्तर सुधारका लागि न्यूनतम सेवा मापदण्डमा ९४ अंक ल्याउँदै त्रिशुली देशभरकै सेवा गुणस्तर र अन्य सेवामा प्रथम बन्न सफल भएको हो।

अस्पतालले यो दोस्रोपटक उत्कृष्ट अस्पतालको अङ्क ल्याउन सफल भएको हो। वाग्मती प्रदेशको स्वास्थ्य निर्देशनालयले बुधबार अस्पतालमा आयोजना गरेको कार्यक्रममा त्रिशुली अस्पतालले गुणस्तर सुधारका लागि न्यूनतम सेवा मापदण्डमा उच्च अंक ल्याई देशैभरिको पहिलो अस्पताल भएको हो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा. दिपेन्द्र पाण्डेले त्रिशुली अस्पतालको मात्रै नभई यो सिङ्गै सरकारी स्वास्थ्य सेवाको लागि गर्वको विषय रहेको बताए ।

प्रतिक्रिया दिनुहोस