• २०८१ जेष्ठ ६ गते आइतवार

झापाबाट काठमाण्डौंका लागि छुटेको बस इनरुवामा पल्टिदा १३ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १४, सुनसरी । झापाबाट काठमाण्डौंका लागि छुटेको यात्रु बस इनरुवा ३ सखुवागाछीमा पल्टिदा १३ जना घाइते भएका छन् । झापाबाट काठमाण्डौंका लागि छुटेको ना ७ ख १९८० नम्बरको बस पूर्व पश्चिम राजमार्ग अन्तर्गत इनरुवा ३ सखुवागाछी खण्डमा पल्टिएको हो ।

बस पल्टिदा १३ जना घाइते भएको सुनसरी प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता नरेन्द्र कुमार कार्कीका अनुसार घाइते सबैको अवस्था सामान्य छ । उनीहरु सबैको इनरुवा अस्पतालमा उपचार भैरहेको छ ।

सुनसरी प्रहरीले चालकले नियन्त्रण गुमाउदा यात्रु बस दुर्घटनामा परेको जनाएको छ । प्रारम्भिक अनुसन्धानमा बसका चालक मोबाइलमा व्यस्त रहँदाको अवस्थामा दुर्घटना भएको खुल्न आएको छ ।

प्रतिक्रिया दिनुहोस