• २०८१ जेष्ठ ६ गते आइतवार

तीनै तहको निर्वाचनमा कांग्रेसको बहुमत हुनुपर्छ : पूर्वमन्त्री भण्डारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १४, तनहुँ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले तीनै तहको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने गरी काम गर्नुपर्ने बताउनुभएको छ ।

नेता भण्डारीले बुधबार बन्दिपुर गाउँपालिकाको नाहालामा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ता आजैदेखि निर्वाचनको तयारीमा जुट्ने हो भने बहुमत ल्याउन कुनै पनि असम्भव नभएको बताउनुभयो ।

सोही अवसरमा विभिन्न पार्टी परित्याग गरी १४ जना नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । नवप्रवेशीलाई केन्द्रीय सदस्य भण्डारीले टीका तथा सदस्यता प्रदान गरेर स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस