• २०८३ बैशाख ३१ गते बिहिवार

आर्सनलमाथि म्यानचेस्टर सिटीको फराकिलो जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

एजेन्सी, १३ भदौ ।  इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ।

शनिबार भएको खेलमा सिटीले १० खेलाडीमा सिमित आर्सनलमाथि ५-० गोलको फराकिलो जित निकालेको हो। घरेलु मैदानमा सिटीलाई फराकिलो जित दिलाउन फेरान टोरेसले दुई गोल गरे। यस्तै कप्तान इल्काए गुन्डोगान, ग्राबियल जेजुस र रोड्रीले एक एक गोल गरे।

यस जितसँगै सिटीले ३ खेलमा ६ अंक जोडेको छ।  आर्सनलले भने लगातार तेस्रो खेलमा हार व्यहोरेको छ । ३ खेलमा अंक विहीन रहदै आर्सनल पुछारमा रहेको छ।

शनिबार नै भएका अन्य खेलमा चेल्सी र लिभरपुलले १-१ को बराबरी खेले। यस्तै एर्भटनले ब्राइटनलाई २-० ले पराजित गरेको छ।

यसै  गरी नर्विच सिटीलाई लिसेस्टरले २-१ ले हराउँदा वेष्ट ह्याम र क्रिष्टल प्यालेसले २-२ को बराबरी खेले।

Sharing

प्रतिक्रिया दिनुहोस