• २०८३ भाद्र १२ गते शुक्रवार

दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता हुन्छ: अध्यक्ष प्रचण्ड

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ११, काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता हुने बताउनुभएको छ । पार्टी कार्यालय पेरिस डाँडामा आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा प्रचण्डले दलहरूबीच अध्यादेश फिर्ता लिने सहमति भएको जानकारी गराउनुभयो ।

त्यस्तै, बैठकमा प्रचण्डले सरकार विस्तार पनि छिट्टै हुने बताएका बताउनुभयो । उहाँले भन्नुभयो, ‘अध्यादेश फिर्ता लिने प्रक्रिया सुरू हुन्छ भनेर अध्यक्षले भन्नुभएको छ । प्रक्रिया मिलाएर सरकारले फिर्ता लिन्छ होला । मन्त्रालय भागबण्डाको विषयमा अहिलेसम्म प्रवेश नै भएको छैन । अब यस विषयको समेत टुंगो लाग्छ ।’

आइतबार बसेको सत्ता गठबन्धन बैठकमा अध्यादेश फिर्ता लिने सहमति समेत भएको थियो । स्थायी कमिटीको बैठकमा प्रचण्डले नेकपा ९एकीकृत समाजावादी० र जनता समाजवादी पार्टीले धेरै मन्त्रालय मागेको समेत ब्रिफिङ गर्नुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस