• २०८३ बैशाख १७ गते बिहिवार

धादिङमा ट्याङ्कर दुर्घटना हुँदा दुईको मृत्यु, दुई जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १४, धादिङ । धादिङको गुप्तेस्वरमा गए राति भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ अन्य २ जना घाइते भएका छन् । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ६ को भिरबाट बा ०१– ००४ क ३३५२ नम्बरको पानी बोकेको ट्याङ्कर खसेको हो ।

राति करिब ११ तीस बजे दुर्घटना भएको स्थानीयले बताएका छन् । दुर्घटनामा २ जनाको मृत्यु भएको छ । दुर्घटना भएको खबर पाए सङ्गै सदरमुकाम धादिङबेसी बाट गएका सोसल भोलेन्टियरको टोलीले घाइतेहरूको उद्धार गरी जिल्ला सदरमुकाम धादिङबेसी स्थित धादिङ अस्पतालमा पठाएको बताएका छन् । ट्याङ्कर अप्ठ्यारो भिरमा खसेको र भिरमा अड्किएको शव निकाली पोष्टमाटमको लागि गजुरी पठाउने तयारी गरेको उद्धारकर्मी नारायण कुमार श्रेष्ठले जानकारी दिनु भयो ।

मृतकहरूको सनाखत हुन बाकी रहेको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भई रहेको धादिङ प्रहरीले जनाएको छ । सवारी चालक भने सकुशल छन् । फर्काउन पछाडि हटाउने क्रममा दुर्घटना भएको र आफू हामफालेर बाचेको बताएका चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ । दुर्घटनाका घाइतेहरूको अवस्था मध्यम रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस