जेठ १२, कैलाली । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले तत्काल सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । बुधबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।
यसअघि नेकपा एमालेको स्थायी कमिटिको बैठकले सुदूरपश्चिम प्रदेश सरकारको समर्थन फिर्ता लिने र सरकारमा सहभागी आफ्ना तीन मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। ५३ सदस्यीय प्रदेश सभामा नेकपा एमाले २५ सांसदसहित ठूलो दलका रुपमा छ। त्यसमा पनि ७ जना ओली पक्ष र १८ जना खनाल(नेपाल पक्षका सांसद छन्। बुधबारको बैठकमा २१ जना सांसदको उपस्थिति थियो।