चैत १३, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ। मस्तिष्कघातपछि नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रबार बेलुकी ८ बजेर २४ मिनेटमा मृत्यु भएको उनको उपचारमा संलग्न चिकित्सकहरूलाई उद्धृत गर्दै अस्पतालले पुष्टि गरेको छ।

अस्पतालले जारी गरेको विज्ञप्तिमा शुक्रबार बिहानदेखि नै जोशीको मुटुले काम गर्न छाडेको उल्लेख छ। जोशीलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। ५७ वर्षीय जोशीलाई गत फागुन १४ गते मस्तिष्कघात भएको थियो। जोशीको उपचारमा सबै प्रयास जारी राखिएकै अवस्थामा निधन भएको अस्पतालका वरिष्ठ न्यूरो सर्जन डाक्टर झाले बताएको विज्ञप्तिमा उल्लेख छ।
उहाँ यस अघि नेपाली काँग्रसका तर्फबाट उद्योगमन्त्री रहनु भएको थियो । उहाँका श्रीमती र एक छाेरी हुनुहुन्छ ।