• २०८३ जेष्ठ २५ गते सोमवार

जीवन विकास लघुवित्तको आईपीओ बिक्री खुला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ११, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक (आईपीओ) बिक्री खुला गरेको छ । लघुवित्तले सर्वसाधारणमा १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० रुपैयाँ आईपीओ निष्कासन गरेको हो ।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यका साधारण सेयर बिक्री सुरु गरेको हो । कुल निष्कासनमध्ये लघुवित्तले ३० हजार ४२० कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्कासनको ५ प्रतिशत अर्थात् ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्ट्याएको छ । बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट साथै मेरोसेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस