• २०८३ बैशाख ८ गते मङ्गलवार

नर्विच सिटीविरुद्ध चेल्सीको शानदार जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ७, काठमाडौं ।  इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले फराकिलो जित निकालेको छ।

शनिबार भएको खेलमा चेल्सीले नर्विच सिटीलाई ७-० गोल अन्तरले पराजित गरेको हो।  चेल्सीको फराकिलो जितमा मासन माउन्टले ह्याट्रिक पूरा गरे। यस्तै कलुम हुड्सन, रिस जेम्स र बेन चिलवेलले एक एक गोल गरे।​ नर्विचका म्याक्स आरोन्सले एक आत्मघाती गोल गरे।

यस्तै म्यानचेस्टर सिटीले ब्राइटनलाई ४-१ गोल अन्तरले पराजित गरेको छ। सिटीको जितमा फिल फोडेनले दुई गोल गरे। इल्के गुन्डोगान र रियाद महरेजले एक एक गोल गरे। ब्राइटनका एलेक्सिस माकले एक गोल फर्काए।

 

Sharing

प्रतिक्रिया दिनुहोस