• २०८३ बैशाख १२ गते शनिवार

हेटौंडा उपमहानगरपालिकाद्वारा २ अर्ब ६० करोडको बजेट प्रस्तुत (पूर्णपाठसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार १०, मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८र०७९ को लागि २ अर्ब ६० करोड १५ लाख ५२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।उपमहानगरपालिकाको आज बसेको ९ औं नगरसभामा उपमेयर मिनाकुमारी लामाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन् ।


हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालू आर्थिक वर्षको भन्दा ६ करोड ७६ लाख रुपैयाँ बढी बजेट प्रस्तुत गरेको छ । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि आर्थिक विकास क्षेत्रभित्रका समग्र योजनाका लागि १२ करोड ९८ लाख रुपैयाँ, सामाजिक विकास अन्तर्गत स्वास्थ्य तर्फको सशर्त र आन्तरिक बजेट तर्फको कार्यक्रम संचालनका लागि ८ करोड ७६ लाख १० हजार रुपैयाँ, खेलकूद तथा मनोरञ्जन तर्फ ३ करोड ७२ लाख ८० हजार रुपैयाँ, लैंगिक समानता तथा सामाजिक समावेशीकरण कार्यक्रम संचालनका लागि ३ करोड ७ लाख रुपैयाँ, विपद् व्यवस्थापन र वाताबरण संरक्षण कार्यक्रमका ५ करोड ४४ लाख २२ हजार रुपैयाँ, शिक्षा तर्फको सशर्त र आन्तरिक बजेट तर्फको कार्यक्रम संचालनका लागि ६३ करोड ९२ लाख ९९ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि भौतिक पूर्वाधार विकास तर्फ एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माणका लागि क्रमागत योजना अन्तर्गत १४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । हेटौंडा ४ मा निर्माण हुने बहुवर्षीय योजना अन्तर्गत बहुउद्देश्यीय व्यापारिक भवन निर्माण काय प्रारम्भ गन १५ करोड, बृहत्तर चक्रपथ निर्माणका लागि ३ करोड विनियोजन गरिएको छ ।

[pdf-embedder url=”https://khabar24nepal.com/wp-content/uploads/2021/06/program-n-policy.pdf” title=”program n policy”]

Sharing

प्रतिक्रिया दिनुहोस