• २०८३ जेष्ठ १६ गते शनिवार

क्रिकेटर विनोदले गरे सोनिकासँग इन्गेजमेन्ट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ७, काठमाडौं ।  नेपाल राष्ट्रिय क्रिकेट टिमका सदस्य विनोद भण्डारीले सञ्चारकर्मी सोनीका अर्यालसँग इन्गेजमेन्ट गरेका छन्।

विकेटकिपर ब्याट्सम्यान भण्डारीले पत्रकार समेत रहेकी सोनिका अर्यालसँग इन्गेजमेन्ट गरेका हुन्। सोनिका ग्यालेक्सी टेलिभिजनमा कार्यरत छिन्।

भण्डारी र सोनिका लामो समयबाट प्रेम सम्बन्धमा रहेका थिए। ओमान भ्रमणबाट फर्किएलगत्तै विनोदले सोनीकासँग इन्गेजमेन्ट गरेका हुन्। उनीहरुको विवाह भने दशैँमा हुने भएको छ।

नेपाली टिम आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजका लागि ओमान गएका थिए।

Sharing

प्रतिक्रिया दिनुहोस