• २०८३ जेष्ठ १६ गते शनिवार

फिल्म ‘आइएम जीत बहादुर’ को ट्रेलर कस्तो छ ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १६, काठमाडौं । अभिनेता जितु नेपालको निर्माणमा बनेको चलचित्र ‘आइ एम जीत बहादुर’ को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलरले गाउँबाट शहर आएर कलाकार बन्न संघर्ष गर्ने एक युवाको कथा प्रस्तुत गरेको छ । भारतीय बंगाली निर्देशक सुभेन्दु घोषको निर्देशनमा तयार भएको फिल्ममा जितु नेपाल मुख्य भूमिकामा छन् भने उनकी जोडीको रूपमा वर्षा राउत देखिएकी छन् ।

चलचित्रमा प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल,पवन खतिवडा’बाबा’,निरज नेपाल,अन्सु महर्जन लगायत कलाकारहरूको अभिनय रहेको छ । यस फिल्मका कार्यकारी निर्माता निश्चल कुँवर र निरज नेपाल हुन् भने राजन सिंखडा तथा दीपेन्द्र अधिकारी सह–निर्माताका रूपमा रहेका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस