• २०८३ बैशाख २० गते आइतवार

सप्तरीमा गाई गोठमा आगलागी हुँदा एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस ३, सप्तरी । सप्तरीमा गाई गोठमा करेन्ट सर्ट भई आगलागी हुँदा आज बिहान एक जनाको मृत्यु भएको छ। जिल्लाको राजविराज नगरपालिका १६ बोरियामा गाई गोठमा करेन्ट सर्ट भई आगलागी भएको हो ।

गाई गोठमा करेन्ट सर्ट भई जलेर ८५ वर्षीय झलाही यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। आगोले जलेर गम्भीर घाइते भएको यादवको घटनास्थलमै मृत्यु भएको हो।

आगलागीबाट गोठ र गोठभित्र रहेका सरसामान जलेर नष्ट हुँदा करिब १ लाख रुपैयाँ बराबरको क्षति समेत भएको प्रहरीले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस