• २०८३ असार १२ गते शुक्रवार

चोरीको मोटरसाइकल तथा मोटरसाइकलका पार्टपूर्जा सहित ३ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ९, पर्सा । वीरगंज महानगरपालिका-२० हरपतगञ्ज विवाहस्थलमा पार्किङ गरेको अवस्थामा चोरी भएको ना.६२ प ९७१७ नम्बरको मोटरसाइकल तथा कागजात नभएका र पार्टपूर्जा खोलिएको अवस्थाका अन्य ११ वटा मोटरसाइकल सहित ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका-१८ ठेगाना भएका २१ वर्षीय साहेव साह, सोही ठाउँ बस्ने २६ वर्षीय अवधेश प्रसाद पटेल र १५ वर्षीय किशोर रहेका छन् ।

साहेवले विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी सोही महानगरपालिका(२२ जगरनाथपुर ढाटस्थित अवधेशप्रसादको मोटरसाइकल ग्यारेजमा ल्याई पार्टपूर्जा खोली बिक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ग्यारेजमा तलासी गर्दा चोरी भएको मोटरसाइकल तथा पार्टपूर्जा फेला पारी चोरीमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु उपर चोरी मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस