जेठ ७, काठमाडौं । सुनसरी क्षेत्र नं. १ का सांसद जयकुमार राईले विपक्षी गठबन्धनले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्न आफ्नो हस्ताक्षर दुरुपयोग भएको भन्दैराष्ट्रपतिलाई पत्र लेखेका छन् । शुक्रबार दिउँसो विपक्षी गठबन्धनले बुझाएको १४९ सदस्यको हस्ताक्षरमा आफ्नो नाम र हस्ताक्षर रहेको भन्दै उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ध्यानाकर्षण गराएका हुन् ।

“म एमाले प्रतिनिधिसभा सदस्य हुँ’ मैले मेरो पाटी अध्यक्षको विरुद्धमा विपक्षी पाटी नेतालाई प्रधानमन्त्री बनाउने गरि कनै हस्ताक्षर गरेको छैन” राईले पत्रमा लेखेका छन् । उनले लेखेको पत्र यस्तो छ ।
