• २०८१ जेष्ठ ५ गते शनिवार

एमालेसँग वार्ता गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ४, काठमाडौं ।  सत्ता गठबन्धन दलले अवरुद्ध हुँदै आएको संसद खुलाउनका लागि एमालेसँग वार्ता गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई जिम्मेवारी दिएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक अगाडि बसेको सत्तारूढ दलको बैठकले एमालेलाई सहमतिमा ल्याउने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको हो ।


संसदको गतिरोध अन्त्य गर्न तथा एमसीसी परियोजनाबारे भएको छलफलका क्रममा देउवालाई सो जिम्मेवारी दिइएको नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिनुभयो । सत्ता गठबन्धन दलको बैठकमा देउवाले एमसीसी परियोजना छिटो अगाडि बढाउन जोड गरेपनि दलहरूले परिमार्जन बिना अगाडि बढाउन नसकिने धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस