• २०८३ असार १० गते बुधवार

मकवानपुरबाट ७ जना जुवाडे पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ३, मकवानपुर । मकवानपुरबाट प्रहरीले ७ जना जुवाडेलाई पक्राउ गरेको छ । २६ हजार ९८५ नेपाली रुपैयाँ र १५०० भारतीय रुपैयाँ नगदसहित शनिबार दिउँसो हेटौंडा उपमहानगरपालिका-१ चाईना क्वाटर बस्ने ३७ वर्षीय राकेश के।सीको घरबाट उनीहरुलाई रंगेहात नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार हेटौडा उपमहानगरपालिका-१ का ३७ वर्षीय राकेश के।सी। (घर धनि), सोही उपमहानगरपालिका-१० बस्‍ने ४२ वर्षीय श्रेष्ठ, ३८ वर्षीय प्रदीप जंग पण्डित, ४० वर्षीय पदम बहादुर भण्डारी, धुनिवेशि नगरपालिका-९ घर भइ हाल हेटौडा उपमहानगरपालिका-१ बस्ने ३६ वर्षीय बाबु कृष्ण उप्रेति , ५५ वर्षीय एकबहादुर थापा र ३१ वर्षीय दिपेन्द्र कुमार मिश्रलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले ४ बुक तास, २६ हजार ९८५नेपाली रुपैयाँ र १५०० भारतीय रुपैयाँ नगद बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस