• २०८३ बैशाख ६ गते आइतवार

सभापति देउवाद्वारा दुःख व्यक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ५,काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य, महासमिति सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य भागवत प्रकाश मल्लका पिता गजिन्द्रप्रकाशको निधनप्रति दुःख गरेका छन् ।

सभापति देउवाले बुधबार शोक वक्तव्यर्फत उनको मंगलबार निधनको खबरले आफूलाई मर्माहत बनाएको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । मल्ल जिल्ला विकास समिति स्याङ्जाका पूर्वसदस्य समेत थिए ।

मल्लले कांग्रेसको संगठन निर्माण र नेपालका लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै सभापति देउवाले उनको निधनबाट पार्टीले अग्रज अनुभवी व्यक्तित्वलाई गुमाएको बताएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस