• २०८३ बैशाख ५ गते शनिवार

अवैध लागूऔषध गाँजा बरामद

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २, काठमाडौं । प्रहरीले सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-१ भलुबा टोलबाट करिब १४ केजी १ सय ग्राम अवैध लागूऔषध गाँजा शुक्रबार राति बरामद गरेको छ ।

सोही ठाउँ बस्ने कोठारी यादवको घरमा गाँजा लुकाई राखेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय भारदहबाट र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा प्लाष्टिकको बोरा भित्र उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।

हाल फरार यादवको प्रहरीले खोजी गरिरहेको छ । यसैगरि सुनसरी, कोशी गाउँपालिका-७ स्थित कोशी नदीको किनारको झारीमा वेवारिसे अवस्थामा रहेको करिब ६० केजी अवैध लागूऔषध गाँजा शुक्रबार राति प्रहरीले बरामद गरेको छ ।

उक्त स्थानामा अवैध लागूऔषध गाँजा रहेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस