• २०८३ बैशाख २० गते आइतवार

दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्म विपरीत : डा. भिम रावल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १, काठमाडौं । नेकपा एकालेका उपाध्यक्ष डा. भिम रावलले दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षा विपरीत भएको जनाएका छन । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षा विपरीत निहित स्वार्थको लागि देशलाई अस्थिर तुल्याउने खेल भएको जनाएका छन ।

उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षा विपरीत निहित स्वार्थको लागि देशलाई अस्थिर तुल्याउने खेल हो।विगतमा यस्तै अध्यादेशलाई अलोकतान्त्रिक भन्दै चर्को विरोध गर्नेहरू आज त्यही बाटोमा किन? २०५४ सालमा एमाले फुटाउदा देशमा द्वन्द्व चर्किएको हेक्का नरहेको किन ?

Open Photo

Sharing

प्रतिक्रिया दिनुहोस