• २०८३ जेष्ठ २५ गते सोमवार

अध्यक्ष केपी ओली सहित शिर्ष नेताले एमाले काठमाण्डौका जनप्रतिनिधि र नेताहरुलाई प्रशिक्षण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३१, काठमाडौं । भाद्र ३१ गते बिहिवार अध्यक्ष केपी ओली सहित शिर्ष नेताले एमाले काठमाण्डौका जनप्रतिनिधि र नेताहरुलाई प्रशिक्षण दिने भएका छन। नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा १२ बजे बाट हुने प्रशिक्षण कार्यक्रममा शिर्ष नेताहरुले प्रशिक्षण दिन लागेका हुन।

नेकपा एमालेका जिल्ला कमिटी सदस्यहरु, महानगर तथा नगर कमिटीका सदस्यहरु, नेकपा एमालेका जनप्रतिनिधिहरु, वडा कमिटीका अध्यक्ष तथा सचिवहरु र जन संगठनका केन्द्र, प्रदेश, जिल्ला र नगरका प्रमुखहरुको सहभागितामा हुने उक्त बृहत भेलामा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले समसामयिक परिस्थिति र अबको राजनीतिक अवस्था , महासचिव ईश्वर पोखरेले पार्टीको १० औ महाधिवेशन ,संगठन निर्माण र कार्यकर्ताको भूमिका, उपाध्यक्ष अस्टलक्ष्मी शाक्यले आजको आवस्यकता नेकपा एमालेको एकता, नेता राम बहादुर थापाले कम्युनिट आन्दोलनको मूल प्रवाह : नेकपा एमाले र केन्द्रीय सदस्य कृष्ण गोपाल श्रेष्ठले विभिन्न विषयमा प्रशिक्षण प्रदान गर्नेछन।

Sharing

प्रतिक्रिया दिनुहोस